ताइवानको संसदमा सत्तारुढ र विपक्षी सांसदहरुबीच झडप – Kanika Khabar
Sunday, January 18Nepali News Portal

ताइवानको संसदमा सत्तारुढ र विपक्षी सांसदहरुबीच झडप

    मा प्रकाशित

एजेन्सी ।
ताइवानको संसदमा सत्तारुढ र विपक्षी सांसदहरुबीच झडप भएको छ। आपसमा मुक्का प्रहार गर्नुका साथै उनीहरुले सुंगुरको मासुले प्रधानमन्त्रीमाथि प्रहार गरेका छन्।

अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने सरकारको निर्णयपछि यस्तो घटना भएको हो।

राष्ट्रपति साइ यिङ वेनले आगामी जनवरी १ देखि ¥याक्टोपामिन भएको सुँगुरको मासु आयात गर्ने घोषणा गत अगस्टमै गरेकी थिइन्। बोसो घटाएर मासुको मात्रा बढाउन सुँगुरको ¥याक्टोपामिन खुवाउने गरिन्छ। मानिसलाई हानिकारक हुने भन्दै यो युरोप र चीनमा प्रतिबन्धित छ। अमेरिकाले निकै पहिलेदेखि यस्तो मासु ताइवान निर्यात गर्न चाहेको थियो।

तर, राष्ट्रपतिको साइको यो कदमको विपक्षी पार्टी कोमिन्ताङले चर्को विरोध गर्दै आएको छ।

सेप्टेम्बरमा संसदको अधिवेशन सुरु भएसँगै कोमिन्ताङले सरकारी निर्णयको विरोध गरेको थियो।

सो पार्टीका सांसदले प्रधानमन्त्री सु सेङ चाङलाई बोल्न अवरोध गरिरहेका थिए। शुक्रबार भने सत्तापक्षीय सांसदहरुको घेरामा बसेर जब प्रधानमन्त्री बोल्न थाले तब विपक्षीहरुले सुँगुरको मासुले उनीतर्फ प्रहार गरे।

अन्तमा प्रधानमन्त्रीले बोल्ने प्रयास त्यागी दिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्