रूकुम दुर्घटना अपडेट : मृतककाे संख्या ५ पुग्याे – Kanika Khabar
Friday, March 29Nepali News Portal

रूकुम दुर्घटना अपडेट : मृतककाे संख्या ५ पुग्याे

    मा प्रकाशित

मंसिर १४, रूकुम ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्युु हुनेकाे संख्या पुगेकाे छ ।
शुक्रबार राती साढे आठ बजे भएको जिप दुर्घटनामा परि आठबीसकोट नगरपालिका ८ का ५१ वर्षीय कलिभान नेपाली, सोही ठाउँका ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपाली गरी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

दुर्घटनामा परी  घाईते भएका सोही नगरपालिका वडा नम्वर ८ कै ५८ वर्षीय लालबहादुर नेपालीको स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
आठबीसकोट नगरपालिका वडा नंम्वर ८ को दाजेबाट ११ जना जन्ती बोकेर सोही नगरपालिकाको वडा नम्वर १० को घारीखोला जादै गरेको रा १ ज ५८९ नम्बरको जीप दाजेमा दुर्घटना भएको हो ।जीप सडकबाट झन्डै १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ । आरोलो सडक बाटोमा अन्य यात्रु झरेको र जिपमा बसी रहेका पाँच जना दुर्घटनामा परी मृत्यु भएको प्रहरीले बताएको छ । जिप चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्