पर्वतीय उडान सुरू – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

पर्वतीय उडान सुरू

    मा प्रकाशित

मंसिर १३, दाङ ।
काेभिड १९ का कारणा स्थगित रहेकाे माउन्टेन फ्लाइट आज शनिबारदेखि सुरू भएकाे छ ।

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले लकडाउनको करिब आठ महिनापछि पर्वतीय उडान शुरु गरेको हो । कोभिड महामारीकाबीच बुद्धले पहिलो पटक पर्वतीय उडान शुरु गरेको छ ।

आज पहिलो उडानमा १८ नेपाली यात्रु थिए । पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन । यसअघि बुद्धले अङ्ग्रेजी वर्ष सन् २०२० को मार्च १७ मा अन्तिम पर्वतीय उडान शुरु गरेको थियो ।

पर्वतीय उडानका लागि लकडाउनअघि नेपाली र भारतीयलाई रु आठ हजार ८२५ र अन्य मुलुकका नागरिकलाई १९७ अमेरिकी डलर भाडा लाग्ने गरेको थियो । बुद्ध एयर, यती एयरलाइन्स र सिम्रिक एयरलाइन्सले पर्वतीय उडान भर्दै आएका छन् ।
वायु सेवा सञ्चालक सङ्घका अनुसार आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्