प्रदेश १ का प्रदेश प्रमुख प्यासीलाई कोरोना सङ्क्रमण – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

प्रदेश १ का प्रदेश प्रमुख प्यासीलाई कोरोना सङ्क्रमण

    मा प्रकाशित

मंसिर १३, विराटनगर ।

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा हिजो स्वाब नमुना परिक्षण गराउनुभएका ७२ वर्षका प्रमुख अधिकारीको साँझ रिपोर्ट पोजिटिभ आएको हो।प्रदेश शुक्रबार राति अधिकारीलाई कोरोनो सङ्क्रमण पुष्टि भएको प्रदेश प्रमुखका सचिवालय सदस्य खेमराज अधिकारीले जानकारी दिनुभयो ।

प्रमुख अधिकारीसँगै उहाँका ६४ वर्षकाश्रीमती जानुका अधिकारी र एकजना सुरक्षाकर्मीमा समेत सङ्क्रमण देखिएको छ। संक्रमण देखिएसँगै प्रमुख अधिकारी निवासमै आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहनुभएको छ । प्रमुख अधिकारी केही दिनअघि पोखरास्थित निवास पुगेर बिहीबार विराटनगर फर्किनुभएको थियो ।
पोखरामा उहाँको छोरालाई समेत सङ्क्रमण भएको बताइएको छ।यसअघि प्रदेश १ मा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेमा समेत सङ्क्रमण पुष्टि भएको थियो। यद्यपि दुबै जना सङ्क्रणमुक्त भइसक्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्