सङ्क्रमित जिल्लाबाट आएको ट्रक युवाद्वारा नियन्त्रण – Kanika Khabar
Saturday, April 27Nepali News Portal

सङ्क्रमित जिल्लाबाट आएको ट्रक युवाद्वारा नियन्त्रण

    मा प्रकाशित

दुख हरण यादव

जेठ ४, दाङ ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि परिचालित युवाहरुले कपिलवस्तु जिल्लाबाट बाख्रा ओसारपसार कार्यमा संलग्न एक ट्रकलाई नियन्त्रणमा लिएका छन् ।

कोरोना नियन्त्रण तथा रोकथाम क्रममा कोरोनाको संक्रमणले सिल गरेको कपिलवस्तु जिल्लाबाट ट्रक गढवा गाउँपालिकाको वडा नम्बर ४ बाट नम्बर ना ६ ख ६६४२ नम्बर को ट्रक राति ७:१५ बजे बाख्रा बोकेर हिँडेको खबर पाएपछि बाख्रा लोड गरेको ट्रकलाई गढवा गाउँपालिका वडा नम्बर २,जेठान गाउँबाट नियन्त्रणमा लिएको गढवा गाउँपालिका स्तरीय कोरोना नियन्त्रण यातायात व्यवस्थापन समितिका संयोजक रोशन धितालले बताए ।

गढवा गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण मुल समितिका उपसंयोजक सुनिल चौधरीको नेतृत्वमा निर्मल रावत, नसिम अहमद, सन्दिप अधिकारी, रोशन धिताल र बिराज गैरे सहित गएको युवाको टोलीले ट्रक नियन्त्रण लिएको थियो ।

अवैध रुपमा संक्रमित जिल्लाबाट स्थानीयलाई त्रसित पार्दै बाख्रा ओसारपसार कार्यमा संलग्न भएको खबर पाएपछि पिछा गर्दा बाख्रा लोड गरिएको ट्रकलाई नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय गढवालाई बुझाएको समितिका सदस्य सन्दीप अधिकारिले बताए । अधिकारिले गाडी चालकसँग पास माग्दा दर्ता चलानी नम्बर केही उल्लेख नम्बर भएको बैशाख १४ गते उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको दाङ काठमाडौ खाद्यान्न ढुवानी प्रयोजनको लागि आवागमन सहजताको लागि अनुरोध गरिएको पत्र रहेको उल्लेख गर्दै पत्रको दुरुपयोग गरेकोले नियन्त्रणमा लिइ ईलाका प्रहरी गढवालाई बुझाएका छन् ।

यसरी मन्त्रालयको पासको दुरुपयोग गर्दै बाख्रा ओसारपसारमा संलग्न सो ट्रकलाई लकडाउन अवधी भरी ईलाका प्रहरी को नियन्त्रणमै राखिने र लकडाउन खुकुलो भएको अवस्थामा सम्बन्धित ट्रकवालालाई सम्पर्क गरी थप प्रक्रिया अगाडि बढाइने ईलाका प्रहरी कार्यलय गढवाका कार्यलय प्रमुख भरत सिंह राठौरले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्