जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखको सहज जित – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखको सहज जित

    मा प्रकाशित

एजेन्सी/जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा साविक विजेता बायर्नले स्टुटगार्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

स्टुटगार्डको मैदानमा एक गोलले पछि परेको बायर्नले पुनरागमन जित निकालेको हो ।

खेलको २०औँ मिनेटमा टानगुए काउलीबलीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

३८औँ मिनेटमा किंग्सले कोम्यानले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा फर्काए ।

४५औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।

खेलको ८८औँ मिनेटमा डुग्लास कोष्टाले गोल गर्दै बायर्नलाई ३-१ को जित दिलाए ।

जितसँगै लिग लिडर बायर्नले ९ खेलमा २२ अंक जोडेको छ । स्टुटगार्ड ११ अंक जोडेर लिगको १०औँ स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्