यमनमा सैनिक र हुथी विद्रोहीबीच झडप, १३ जनाको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

यमनमा सैनिक र हुथी विद्रोहीबीच झडप, १३ जनाको मृत्यु

    मा प्रकाशित

एजेन्सी/ यमनमा सैनिक र हुथी विद्रोहीबीचको झडपमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

अभियान प्रान्तमा भएको झडपमा सरकारी सैनिक र दक्षिणी क्षेत्रलाई स्वतन्त्र बनाउने माग गर्दै आएको ‘साउदर्न ट्रान्जिसनल काउन्सिल’ ९एसटीसी० समूहबीच झडप भएको हो ।

सोक्रममा कम्तीमा आठ विद्रोही सैन्य लडाकू र पाँच सरकारी सैनिक अधिकारीको मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।

एसटीसीहले पनि आफ्नोतर्फका आठ लडाकूको मृत्यु भएको पुष्टि गरेको छ ।

यमनको दक्षिणी क्षेत्रमा इरानको समर्थन प्राप्त हुथी समूहसँगको लडाईमा एसटीसीले संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारसँग सहकार्य गरे पनि दक्षिण यमनको स्वतन्त्रताको माग राख्दै आएको छ ।

यमनमा हुथी समूहलाई अन्य समूहले साझा सत्रुका रूपमा हेर्दै आएका छन् ।

एसटीसी र सरकारबीच लामो प्रयासपछि सत्ता गठबन्धनका लागि भएको सम्झौताबाट एसटीसी फिर्ता भएको उक्त समूहले गत अगस्टमा घोषणा गरेको थियो ।

यमनमा हुथी विद्राही र अन्य विद्रोहीविरुद्धको लडाईमा साउदी अरबको सैन्य सहयोगमा शान्ति स्थापनाको प्रयास गरिए पनि त्यसो हुन सकेको छैन ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्