मा प्रकाशित
कनिका खबर
मंसिर १४, दाङ ।
आगामी तीन दिन मौसम सामान्य रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज आइतबार देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।
आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।
यसैगरी, सोमबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, मंगलबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।