रामहरि न्यौपाने
मंसिर १४, नुवाकोट ।
नुवाकोटको विदुर नगरपालिका–८ पिडालूबारी स्थित जंगलबाट दुई नाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जंंगलमा सिकार गर्न गएको समयमा दुई नाल बन्दुक र त्यसमा लाग्ने एकसय ग्राम बारुद सहित उनीहरुलाई हिजो पक्राउ गरेर कारबाही अघि बढाउन लागिएको जिल्लाप्रहरी प्रमुखतुलबहादुर कार्कीले जानकारी दिए ।
उनको अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने २७ वर्षका रविन तामाङ, २८ वर्षका अमर तामाङ, १७ वर्षका दुईजना र १५ वर्षका एक जना नाम नखुलेका किशोरहरु रहेका छन् ।
मा प्रकाशित