काठमाडौँमा ‘एशिया सेल्टर फोरम’को कार्यशाला हुँदै – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

काठमाडौँमा ‘एशिया सेल्टर फोरम’को कार्यशाला हुँदै

    मा प्रकाशित

काठमाडौं ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एशिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी काठमाडौँमा हुँदैछ । एशिया प्रशान्त क्षेत्रमा आएका विपद्पछि आवास प्रतिकार्यमा हासिल गरिएका बृहत् अनुभव आदानप्रदान गर्ने मूल अभिप्रायले गोष्ठीको आयोजना गर्न लागिएको हो ।

गत वर्ष इन्डोनेशियामा आयोजित तेस्रो कार्यशाला गोष्ठीको सर्वसम्मत निर्णयबाट चौथो कार्यशाला नेपालमा गर्ने निर्णय भएको थियो । कोभिड–१९ को महामारीका कारण यसपटक यो कार्यशाला अनलाइन विधिबाट गर्न लागिएको हो । अवस्था सामान्य भए २०७७ चैतमा भौतिक उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम काठमाडौँमै आयोजना गरिने बताइएको छ ।

गोष्ठीमा राम्रा अभ्यासको सिकाइबाट समुदायको संलग्नतामा समुदायबाट नेतृत्व गरिएका सुरक्षित र प्रतिष्ठित आवास कार्यक्रमका प्रयासलाई उजागर गर्दै विपद् प्रतिकार्यमा सहकार्यका लागि सम्भावनाको खोजी गरिनेछ । फोरमले एशिया प्रशान्त क्षेत्रका आवास तथा आवासीय क्षेत्रमा काम गरिरहेका अभ्यासकर्तालाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नुका साथै आवास अभ्यासकर्ताको क्षमता अभिवृद्धिका लागि प्रयास गर्नेछ ।

विपद् प्रतिकार्यमा सहकार्य एवं सहयोग गर्ने समुदायका लागि परीक्षण गरिएका उपयुक्त समाधानका विधिको जानकारी दिने र प्राविधिक सहयोग उपलब्ध गराउने लक्ष्यका साथ फोरमले यो क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ । कार्यशाला गोष्ठीलाई हाउजिङ रिकोभरी एण्ड रिकन्स्ट्रसन प्लेटफर्म ९एचआरआरपी०, क्याथोलिक रिलिफ सर्भिसेस ९सिआरएस०, इन्टरनेशनल फेडरेशन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटिज ९आइएफआरसी०, युरोपियन युनियन ९इयु०, अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम०, ह्याविट्याट फर ह्युम्यानिटी र गैरसरकारी संस्था महासङ्घले समन्वय गर्ने प्राधिकरणले जनाएको छ । कार्यशालाको उद्घाटन आज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गर्नेछन् भने अध्यक्षता मन्त्रालयका सचिव डा।रमेशप्रसाद सिंहले गर्नेछन् ।रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्