देशव्यापी जाग्दै छ राप्रपा – Kanika Khabar
Friday, April 26Nepali News Portal

देशव्यापी जाग्दै छ राप्रपा

    मा प्रकाशित

कनिका खबर

मंसिर १४, दाङ ।

राप्रपाको अगुवाइमा तुलसीपुरमा बृहत छलफल भएको छ । वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म भएर जनताका लोकतान्त्रिक एवं संवैधानिक अधिकार समेत कटौति भएको विषयमा जनजागरण अभियान सन्चालन गर्ने निर्णय समेत भएको छ ।

छलफलले आउँदो १८ गते बृहत जन¥याली प्रदर्शन गर्ने पनि सर्वपक्षिय सम्मेलनले उद्घोष गरेको राप्रपा केन्द्रिय सदस्य बंशि कुमार शर्माले बताएका छन् । मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता, स्वाभिमान, हिन्दु राज्यको पुर्नस्थापना तथा भ्रष्टाचारमुक्त मुलुकको अभियान लिएर जनप्रदर्शन हुन थालेको बैठकमा निर्णय भएको छ ।

 

वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएका कारण कोभिड—१९ का संक्रमितहरुको पनि उपचार नपाएरै मृत्यु हुन थालेको, देशका सिमामा अतिक्रमण बढिरहेको, वर्तमान सत्तासिन सरकार विदेशी राजनितिक हस्तक्ष्क्षेपको दाउपेचमा तल्लिन रहेको तथा मुलुकका आम नागरीकहरुको विविकोपार्दनमै वर्तमान सरकार असफल भैसकेको पनि बैठकले निस्कर्ष निकालेको हो ।

तुलसीपुरका उद्योगी व्यवसायि दामोदर भण्डारीको घरमा बसेको बैठकले जनताका आकांक्षाहरुलाइ अधिक्तम संबोधन गर्न सरकारलाइ दवाव दिने र सरकारले जनताका समस्या संबोधन गर्न नसकेको अवस्थामा यो सरकारको विरुद्धमा जनप्रदर्शन गरी वैकल्पिक सरकारको खोजिगर्ने सम्मका विषयमा वहस गरेको थियो ।

‘गास, वास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षा लगायत मुलुकको स्वाधिनता रक्षाकालागी पनि हामीहरु प्रदर्शनको तयारीमा छौं, यो पार्टिको मात्र नभएर आम राष्ट्रभक्त नेपालीहरुको सहभागितामा हुने छ’—राप्रपाका केन्द्रिय सदस्य दामोदर भण्डारीले भने ।

वर्तमान दुइतिहाइको वाम सरकारले जनताका विकाश र समृद्धिका आकांक्षा पुरागर्नुको साटो आफै कमाउने दाउमा लागीरहेको आम नागरीकला जानकारी भैरहेको सन्दर्भमा जनताको अभिमतलाइ उजागर गर्न पनि जनप्रदर्शनको आयोजना गरिएको अर्का केन्द्रिय सदस्य बंशि कुमार शर्माले बताएका छन् ।

राष्ट्र र राष्ट्रियतानै संप्रभुत्व मुलुकको निगरानीमा चलिरहेको अवस्थामा संबैधानिक राजतन्त्र, हिन्दु राज्य र लोकतन्त्रकालागी यो आन्दोलन सुरु हुन थालेको पनि राप्रपाका जिल्ला अध्यक्ष क्षेत्र वहादुर बस्नेतले बताएका थिए । आउदो कार्यक्रमको समन्वय राप्रपाका नेता कुल वहादुर घर्तिले गर्ने छन् ।

घोराहीको ट्राफीक चौकबाट सुरु हुने कार्यक्रमलाइ सफल बनाउनकालागी जिल्लाभरका देशभक्त एवं राष्ट्रसेवीहरुको सहभागिता रहेको थियो ।

छलफल कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष क्षेत्र वहादुर बस्नेत, उपाध्यक्ष भुपाल रावत, युवक संष्ठनका घोराही नगर अध्यक्ष उमाकान्त भण्डारी, युवा नेता गोकर्ण वली, केन्द्रिय सदस्य तेज वहादुर बस्नेत, प्रमोद न्यौपाने, युवा नेता ढुण्डि कंडेल, देशभक्त नेता ध्रुव गौतम लगायतका दर्जनौ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम राप्रपाको मात्र नभएर आम देशभक्त एवं राष्ट्रभक्तहरुको भएको भन्दै नेपाली कांंग्रेस नेकपा लगायत सवै पार्टिका राष्ट्रभक्त एवं देश प्रति स्वाभिमान नागरीकहरुलाइ समेत आन्दोलनमा सहभागिताकालागी आमन्त्रण गरीएको पनि बैठकमा निर्णय भएको युवा नेता दामोदर भण्डारीले जनाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्