चरासँग ठोक्किएपछि कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण – Kanika Khabar
Friday, March 13Nepali News Portal

चरासँग ठोक्किएपछि कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण

    मा प्रकाशित

कनिका खबर
मंसिर १४, बाग्लुङ
चरासँग ठोक्किएपछि कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । बगलुङको गलकोटबाट काठमाण्डौं उडेको कैलाश एयरको नाईन एन ए जेजे हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेको हो । उडिरहेको हेलिकप्टरमा चिल ठोकिएपछि आकस्मिक अवतरण गरेको गलकोट नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिनुभयो । उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि बेलकोटगढी नगरपालिका वडा नम्वर ६ मा आकस्मिक अवतरण गराइएको हो । हेलिकप्टरमा सवार चालक, गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारी सहित ६ जना सुरक्षित रहेको अध्यक्ष भण्डारीको भनाइ छ । उडिरहेको हेलिकप्टरमा चरा ठोकिइपछि वडा अध्यक्ष भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ । हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे चरा ठोकिएपछि आकस्मिक अवतरण गरेको थियो । चरा ठोकीदाँ हेलिकप्टरको अगाडिको सिसा फुटेको छ भने अगाडिको भागमा क्षति पुगेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्