प्रदेश स्तरिय सुशासन सम्मेलन सुर्खेतमा शुरु – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

प्रदेश स्तरिय सुशासन सम्मेलन सुर्खेतमा शुरु

    मा प्रकाशित

कनिका खबर
मंसिर १४, कालिकोट
कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा प्रदेश स्तरीय शुसासन सम्मलेन शुरु भएको छ । सहकर्मी समाज नेपालको संयोजन, दलित विकास समाज सल्यान र दलित महिला केन्द्र नेपाल, स्वीडिस डेप्लपमेन्ट पार्टनर, तेरे देज जोम्सको सयुक्त पहलमा सम्मेलन सुरु भएको हो । सुशासनमा नागरिक सहभागिता कार्यक्रम युरोपियन युनियनको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो । सम्मेलनमा कर्णाली प्रदेशका कालिकोट, जाजरकोट र सल्यान गरी ३ जिल्लाका शुसासनका क्षेत्रमा कार्यरत ३५ जनाको सहभागितामा रहेको छ । सम्मेलनको कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारुले उद्घाटन गर्नुभएको हो । कर्णाली प्रदेशमा रहेर सुशासनमा प्रत्यक्ष रुपमा कार्यरत सरोकारवालाबिच सिकाई आदान प्रदान गर्ने, सुशासनका क्षेत्रमा देखिएका चुनौतीलाई छलफल गरेर सुधार गर्ने, सुशासनमा काम गर्ने सरोकारवालाको प्रदेश स्तरीय संजाल गठन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको सहकर्मी समाज सुर्खेतका अध्यक्ष रत्न बहादुर गाहामगरले जानकारी दिनुभयो । विशेषगरी गोष्ठीमा दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट लगायतका जिल्लामा रहेर प्रत्यक्ष रुपमा सुशासनका गतिविधीमा कार्यरत संस्था बिच राम्रा अभ्यास तथा गतिविधिको बारेमा विशेष बहस हुने सहकर्मी समाज नेपाल सुर्खेतका कार्यक्रम संयोजक हरि उपाध्यायले जानकारी दिनुभयो । सुशासनका चुनौती र आगामी दिनमा सुशासनको क्षेत्रलाई मजबुद बनाउन सम्वन्धित निकायसंग सम्वन्धित विषयमा रहेर अन्तरक्रिया गरी सुशासनको क्षेत्र बलियो बनाएर समुदाय स्तरमा सुशासन कायम गर्ने बताउनुभएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारुले समुदाय स्तरमा सुशासनको क्षेत्र फितलो देखिएकाले यो सम्मेलनले महत्वुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । सुशासनको बारेमा नागरिकलाई प्रष्ट पार्न सुशासनकर्मीको ठुलो भुमिका रहने कुरा बताउदै स्थानीय तह अन्र्तगतका समुदायमा सुशासनका लागि नागरिकको क्षमता बृद्धि गर्न लाग्नुपर्ने उहाँले बताउनुभयो । आजदेखि शुरु भएको सम्मलेन मंसिर १७ गतेसम्म चल्ने छ । सम्मेलनमा प्रदेश स्तरीय योजना आयोगबाट प्रतिनिधि सहभागि हुने मन्त्री र माननीयसँग पनी विशेष बहस हुने सहकर्मी समाज सुर्खेतका कार्यक्रम संयोजक हरि उपाध्यायले बताउनुभयो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्