किस्पाङमा घरघरमै पुगेर अपांगता परिचय पत्र वितरण – Kanika Khabar
Friday, March 29Nepali News Portal

किस्पाङमा घरघरमै पुगेर अपांगता परिचय पत्र वितरण

    मा प्रकाशित

कनिका खबर
मंसिर १४, नुवाकोट
नुवाकोटको किस्पाङ गाउँपालिकाले अपांगता परिचय पत्र नवीकरण शुरु गरेको छ । अपांगता भएका व्यक्तिले पाउने सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले घर घरमै पुगेर किस्पाङ गाउँपालिकाले परिचय पत्र वितरण सुरु गरेको हो । किस्पाङ गाउँपालिकाको कार्यालयले वडा नम्बर ५ बाट नयाँ अपांगता परिचयपत्र वितरण तथा नवीकरण गर्न शुरु गरेको हो । पहिलो दिन वडाका १५ जनाको कार्ड नवीकरण र १७ जनालाई नयाँ कार्ड गरि कुल ३२ जनालाई सेवा दिइएको गाउंपालिका अध्यक्ष छत्रवहादुर लामाले जानकारी दिनुभयो । यसै क्रममा शिविरसम्म आउन नसक्ने ४ जना अशक्तलाई घरमै पुगेर परिचय पत्र वितरण गरिएको छ । गाउँपालिकाको कार्यालयले आज वडा नम्बर २ मा ३४ जनालाई परिचय पत्र बितरण गरिएको छ । वडाको शिविरसम्म आउन नसक्ने २ जनालाई घरमै पुगेर परिचय पत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । भोलि वडा नम्बर ४ मा पर्सि १६ गते वडा नम्बर १ मा र १७ गते वडा नम्बर ३ मा घुम्ती शिबिर संचालन गर्ने जनाइएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्