मा प्रकाशित
कनिका संवाददाता
जेठ ४, दाङ ।
नेपालगन्जकाे क्वारेन्टाइनमा बसेका एक युवकको अाज आइतबार बिहान मृत्यु भएको छ । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार सङ्कलन गरिएकाे थियाे । आज स्वाबकाे रिपोर्ट आउने बताइएको छ ।
बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका ती २५ वर्षीय युवक गत वैशाख ३० मा भारतको मुम्बईबाट आएका थिए । उनको स्वास्थ्यमा बिहान एक्कासी समस्या देखिएको बताइएको छ ।