स्वर्गीय भण्डारीको सम्झनामा विद्यार्थीलाई फलफुल – Kanika Khabar
Friday, April 26Nepali News Portal

स्वर्गीय भण्डारीको सम्झनामा विद्यार्थीलाई फलफुल

    मा प्रकाशित

तुलसीपुर,१४ मंसिर । नेपाली कांग्रेसका स्वर्गीय रेशमबहादुर भण्डारीको सम्झनामा घरपरिवारको तर्फबाट फलफुल बितरण गरिएको छ ।

नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति तथा साबिक उरहरिका पूर्व प्रधानपन्च एव गाविस अध्यक्षसमेत रहेका स्वर्गीय भण्डारीको निधनको ८ औं दिनमा बिजौरीस्थित असहाय बालबिकास केन्द्र र नबौ दिनमा भण्डारी पूर्व अध्यक्ष समेत रहेको अमर माबि उरहरीका बिद्यार्थीहरुलार्इ फलफुल बितरण गरिएको हो ।

भण्डारीको घरपरिवारका सदस्यहरु स्वयम उपस्थित भएर फलफुल बितरण गरिएको थियो । त्यस अबसरमा बिद्यालयका प्रधानाध्यापक पदमबहादुर वली, सहायक प्रधानाध्यापक क्षेत्रबहादुर बस्नेत, शिक्षकहरु स्थानेश्वर आचार्य, नारायणप्रसाद भण्डारी, अमर बस्नेत , चित्रबहादुर भण्डारी, निर्मल वली , बसन्त परियारलगायतको उपस्थिति रहेको थियो ।

यसअघि असहाय बालबिकास केन्द्रका अध्यक्ष बिष्णु चौधरी समेतको उपस्थितिमा उक्त केन्द्रमा रहेका बालबालिकाहरुलार्इ फलफुल वितरण गरिएको थियो । उक्त फलफुल स्वर्गीय भण्डारीकी नातिनि रितिशा भण्डारी र भतिजा सन्जिब भण्डारीले केन्द्रलाई हस्तान्तरण गरेका थिए ।

सामाजिक तथा राजनीतिक क्षेत्रमा अब्बल भूमिका निर्बाह गरेका स्वर्गिय भण्डारीका ४ छोराहरु मध्य जेठा छोरा रमेश भण्डारी नेपाल संस्कृत बिश्व बिद्यालय प्रजातन्त्रबादी कर्मचारी संघको नेतृत्व तहमा रहेका छन भने माइला छोरा अर्जुन भण्डारी अनुसन्धान प्रहरीतर्फ हाल दाङको प्रमुख (सपी) रहेका छन् ।

साइला छोरा गेहेन्द्रबहादुर भण्डारी र कान्छा छोरा दिपक भण्डारी आ–आफ्नो ब्यबसायमा रहेका छन् । भण्डारीको आफ्नै घरमा कुर्सीबाट लड्दा घाइते भै निधन भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्