थप ६ गैरआवासीय नेपालीको निधन – Kanika Khabar
Friday, March 13Nepali News Portal

थप ६ गैरआवासीय नेपालीको निधन

    मा प्रकाशित

लन्डन । कोभिड–१९ का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा चार, पोर्चुगलमा एक र युकेमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । स्वास्थ्य समितिका संयोजक डा।सञ्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

शनिबार साँझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५८३ गैरआवासीय नेपाली सङ्क्रमित भएकामा हालसम्म ४३ हजार ५७४ कोरोना सङ्क्रमणबाट मुक्त भएका हुन् । यो कूल सङ्क्रमितमध्येको ९१ प्रतिशत रहेको छ । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्