कनिका खबर
मंसिर १५, दाङ ।
दाङका कोरोना सङक्रमणका कारण हालसम्म ३० जनाको मृत्यु भएको छ । ३ सय ४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार अहिलेसम्म कोरोनाबाट दाङका २९ जनाले ज्यान गुमाइसकेका छन् ।
दाङमा अहिलेसम्म २२ हजार १ सय ६९ जनाको स्वाब संकलन गपरएको छ । ३ हजार ७० जना कूल सङ्क्रमित मध्ये अहिलेसम्म २ हजार ६ सय ९६ जना निको भइसकेका छन् । ३ सय ४४ जना सक्रिय सङ्क्रमित मध्ये २ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् भने ५८ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।