अमेरिकामा कोरोना सङ्क्रमितको संख्या १ करोड ३७ लाख बढी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

अमेरिकामा कोरोना सङ्क्रमितको संख्या १ करोड ३७ लाख बढी

    मा प्रकाशित

मंसिर १५, दाङ ।
अमेरिकामा कोरोना सङ्क्रमितको संख्या १ करोड ३७ लाख बढी पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार १८८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ३७ लाख ५० हजार ४०४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८१ लाख ७ हजार २०३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ५३ लाख ७० हजार १२९ जनामध्ये २४ हजार ८२२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ७३ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ८१९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ७३ हजार ७२ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्