अबैध सुनसहित दाङमा २ जना पक्राउ – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

अबैध सुनसहित दाङमा २ जना पक्राउ

    मा प्रकाशित

मंसिर १५, दाङ ।
दाङको घोराही बजारबाट सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १० नारायणपुर निबासी पुर्णजङ्ग सुनार र घोराही कपासिका खड्ग प्रसाद सुनार रहेको प्रहरी उपरीक्षक गणेस चन्दले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङले २ सय ७३ ग्राम सुनसहित २ जनालाई बजारबाट पक्राउ गरेको हो । अबैध सुन लिएर बजारमा हिडिरहेको बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनीहरुको साथबाट सुन बरामद गरेको प्रहरी उपरीक्षक चन्दले बताए ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानसहित कारबाही गर्न राजस्व कार्यालय कोहलपुरलाई बुझाउने तयारी गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्