भारतले दियो ३० हजार पिसिआर टेस्टिङ किट – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भारतले दियो ३० हजार पिसिआर टेस्टिङ किट

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ४, काठमाडौँ ।
भारतले नेपाललाई कोरोना परीक्षणको लागि किट उपलब्ध गराएको छ । भारतले नेपाललाई ३० हजार पिसिआर टेस्टिङ किट अनुदानमा उपलव्ध गराएको हो ।

नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमै पुगी पिसिआर टेस्टीङ किट उपलव्ध गराएका हुन् ।
आफ्नै देशमा समेत संकट रहेको बेलामा पनि सहयोगी हात बढाएकोमा मन्त्री ढकालले राजदुत क्वात्रा र भारत सरकारलाई धन्यवाद दिएका थिए ।
भारतले यसअघि पनि नेपाललाई २३ टन स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्