अब नेपालमा काेराेनाकाे परीक्षणकाे नतिजा आधा घण्टामै आउने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

अब नेपालमा काेराेनाकाे परीक्षणकाे नतिजा आधा घण्टामै आउने

    मा प्रकाशित

मंसिर १५, दाङ ।
अब नेपालमा काेराेनाकाे परीक्षणकाे नतिजा आधा घण्टामै आउने भएकाे छ ।
सरकारले कोरोना परीक्षण गरेको आधा घण्टामा नै रिपोर्ट आउने एन्टिजेन विधिबाट परीक्षण सुरु गरेपछि नतिजा अाधा घण्टामा अाउने भएकाे हाे ।
काठमाडौँको अनामनगर लगायतका विभिन्न स्थानमा सुरू गरिएको यो विधीको परीक्षणबाट तुरुन्तै नतिजा आउने छ ।

संक्रमितको शरीरमा विकास हुने एन्टिबडीसँगै पीसीआरले झैँ जीवाणु छ कि छैन भनेर पत्ता लगाउन र्‍यापिड टेस्ट किटमार्फत गरिने परीक्षण ‘एन्टिजेन’ सुरू भएको हो ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार डब्ल्युएचओको सहयोगमा यो विधीबाट परीक्षण थालिएको हो ।
यसको ‘सेन्सिटिभिटी’ राम्रो रहेकाले यो परीक्षण विश्वसनीय रहेको उनले जनाए ।
काठमाडौं उपत्यकामा आजदेखि हरेक दिन ५ सय जनाको एन्टिजेन विधिबाट परीक्षण सुरू हुनेछ ।
उपत्यकामा यो प्रभावकारी देखिए मास स्क्रिनिङ पनि सुरू हुनेछ । यसको प्रयोग सुरक्षाकर्मीका ब्यारेक तथा स्कूल कलेजमा पनि गर्ने योजना छ ।
हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर ४, ७ र ९ मा आजदेखि एन्टिजेन परीक्षण थालिएको उनले जानकारी दिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्