देशभकार पाँच स्थानीय तहमा मात्रै बैंक पुग्न बाँकी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

देशभकार पाँच स्थानीय तहमा मात्रै बैंक पुग्न बाँकी

    मा प्रकाशित

कनिका खबर
मंसिर १५, काठमाडौं

देशभरका ७ सय ५३ स्थानीय तहहरुमध्ये ७ सय ४८ स्थानीय तहमा वाणिज्य बैंक पुगेको छ । नेपाल राष्ट्र बैंकले गत वर्ष नै सम्पूर्ण बैंकहरुलाई स्थानीय तहमा पुग्न निर्देशन दिए पनि अझै ५ वटा स्थानीय तहमा वाणिज्य बैंकहरु पुग्न सकेका छैनन् । ताप्लेजुङ, धादिङ, जाजरकोट र बझाङका ५ स्थानीय तहमा बैंकको शाखा कार्यालय खुल्न बाँकी रहेको छ । राष्ट्र बैंकका अनुसार ताप्लेजुङको मिक्वाखोला, धादिङको रुवी भ्याली र नेत्रावती, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा गाउपालिकामा शाखा कार्यालय पुग्न सकेका छैनन् । जम्मा ७ सय ५३ स्थानीय निकायमध्ये प्रदेश २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका सम्पूर्ण स्थानीय तहमा बैंकिङ सेवा पुगिसकेका छन् । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा सम्पूर्ण स्थानीय तहमा शाखा कार्यालय पु¥याउन निर्देशन दिएको थियो । सहरकेन्द्रित बैंकिङ सेवालाई गाउँ–गाउँमा पु¥याउने उद्देश्यले यस्तो कदम चालिएको राष्ट्र बैंकले जनाएको छ । हाल वाणिज्य बैंकका ४ हजार ५ सय १५ वटा शाखा कार्यालय रहेका छन् । त्यस्तै विकास बैंकका एक हजार २३, फाइनान्सका २ सय ४९ वटा र लघुवित्त वित्तीय संस्थाका ४ हजार १ सय १४ वटा शाखा कार्यालय सञ्चालनरत छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्