बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत प्रशिक्षार्थी डाक्टरहरुको आन्दोलन स्थगित – Kanika Khabar
Friday, March 13Nepali News Portal

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत प्रशिक्षार्थी डाक्टरहरुको आन्दोलन स्थगित

    मा प्रकाशित

कनिका खबर
मंसिर १५, धरान

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत प्रशिक्षार्थी (इन्टर्न) डाक्टर र व्यवस्थापनबीच आज ११ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिँदै आन्दोलनरत डाक्टरहरु ड्युटीमा फर्किएका छन् । इन्टर्न संघर्ष समितिका संयोजक अमृत जैसीका अनुसार प्रशिक्षार्थीहरूले सरकारको आठौं तहसरह ५० प्रतिशत भत्ता पाउनुपर्ने मागमा सहमति जुटेकाले आन्दोलन रोकिएको हो । प्रशिक्षार्थीहरूलाई प्रतिष्ठानले जीवन निर्वाह भत्ताका रूपमा मासिक १५ हजार रुपैयाँ मात्र उपलब्ध गराउँदै आएको थियो । वार्तापछि १८ हजार ५ सय रुपैयाँ दिने सहमति भएको जैसीले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्