छुट्टै राष्ट्रिय निकुञ्जको तयारी – Kanika Khabar
Thursday, April 30Nepali News Portal

छुट्टै राष्ट्रिय निकुञ्जको तयारी

    मा प्रकाशित

कनिका खबर
मंसिर १५, नुवाकोट
लाङटाङ राष्ट्रिय निकुञ्जमा हाल रहेको नुवाकोटको कुटुम्साङदेखि सिन्धुपाल्चोकको बलेफीसम्म छुट्टै निकुञ्ज बनाउन अध्ययन सुरु भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जकै केही भूभागलाई समेटेर नयाँ निकुञ्ज बनाउन अध्ययन सुरु भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अहिले लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको नुवाकोटको कुटुम्साङदेखि सिन्धुपाल्चोकको बलेफी खोलासम्मको पुर्वी भागमा छुट्टै निकुञ्ज बनाउने तयारी थालेको हो । निकुञ्ज कार्यालय धुन्चेका अनुसार १ हजार ७ सय १० वर्ग किलोमिटरमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जको आधाभन्दा बढी भाग नुवाकोट र सिन्धुपाल्चोकमा फैलिएको छ । आधा भागलाई नयाँ निकुञ्ज बनाइयो भने संरक्षणका साथै पर्यटकीय गतिविधि समेत बढ्ने दावी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा सरकाले आवश्यक ठानेमा कुनै क्षेत्रलाई त्यसको चार किल्ला समेत खोलिएको सुचना नेपाल राजपत्रमा प्रकाशित गरि राष्ट्रिय आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्