नेपालको स्वास्थ्य क्षेत्रमा आजको दिन ऐतिहासिक : मुख्यमन्त्रि भट्ट – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

नेपालको स्वास्थ्य क्षेत्रमा आजको दिन ऐतिहासिक : मुख्यमन्त्रि भट्ट

    मा प्रकाशित

कनिका खबर
मंसिर १५, डोटी
सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको स्वास्थ्य क्षेत्रमा आजको दिन ऐतिहासिक भएकोे बताउनुभएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ ग्वालसैनमा सुदूरपश्चिम प्रदेश स्तरीय सरुवा रोग सम्बन्धी ५० शय्याको अस्पतालको शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले यस्तो बताउनुभएको हो । अस्पतालको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले अस्पतालको शिलान्यास मात्र हुने होकी भनेर आत्तिनु नपर्ने पनि बताउनुभयो । अस्पताल स्थापनाका लागि छिट्टै टेन्डर प्रक्रिया हुने र कुनै अवरोध बिना अस्पताल बन्नेमा यहाँका नागरिकले सहयोग गर्नु पर्ने मुख्यमन्त्रीको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्