दंगीशरणमा १५ सैयाको अस्पताल सिलान्यास – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

दंगीशरणमा १५ सैयाको अस्पताल सिलान्यास

    मा प्रकाशित

दिप्तीशिखा चौधरी

दंगीशरण,१५ मसिर । दंगीशरण गाउँपालिका वडा न. ६ बागरमा १५ सैयाको अस्पताल सिलान्यास गरिएको छ । सोमवार एक कार्यक्रमकाबिच प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले अस्पतालको सिलान्यास गरेका हुन ।

सिलान्यास कार्यक्रममा बोल्दै सांसद केसीले पश्चिमबासीको चाहाना अनुरुप स्वास्थ्य अस्पताल बन्न लागेको भन्दै जनताको चाहना पुरा भएको बताए । आज देशभरी ३ सय ९६ अस्पताल खुल्ने योजना ल्याए अनुरुप दंगीशरण लगाएत पश्चिमका जनताले पनि सुबिधा सम्पन्न अस्पतालमा स्वास्थ्य चेकजाचँ गर्न पाउँने बताए ।

“सरकारी अस्पताल सुबिधा सम्पन्न बनाउने निती अनुरुप दुई बर्षको अवधिमा यो अस्पतालको निर्माण कार्य सम्पन्न हुनेछ । स्वास्थ्य जाचँका लागि बाहिर जाने बाध्यता हटेर जानेछ, भौतिक कार्यले गती लिईरहनेछ पैसाको चिन्ता नलिनुस् कामको चिन्ता लिनुस्” उनले भने ।

त्यस अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य धमकली चौधरीले लामो समयदेखि प्रभावकारी स्वास्थ्य सेवाबाट बञ्चित रहेका दंगीशरणबासीले अव स्वास्थ्य सेवाबाट बिमुख हुन नपर्ने समेत बताए ।

उपाध्यक्ष पिमा कुमारी खड्काले जनतासंग गरिएका प्रतिबद्धता पुरा भएको महशुस भएको बताएकी छिन् । सरकारको यो नितीलाई जनताको हितको निती भएको भन्दै यहाँका गरिव जनताहरुका लागि खुसीको कुरा भएको बताईन् ।

बागर स्वास्थ्य चौकीका प्रमुख डा.रविन गौतम, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, प्रबक्ता विर बहादुर वली, वडा न.४ का वडा अध्यक्ष नेव बहादुर कवँर, ५ न. वडा अध्यक्ष दिपक गौतम, ६ न. वडा अध्यक्ष टंक बहादुर वली, हेकुली स्वास्थ्य चौकि प्रमुख टेक बहादुर खत्री, गोल्टाकुरी स्वास्थ्य प्रमुख राजेन्द्रकुमार हमाललगायत स्थानीय बुद्धिजिवी, जनप्रतिनिधि प्रशासन प्रमुख, स्थानीयहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको शहजीकरण दंगीशरण गाउँपालिकाका विपद ब्यवस्थापन शाखा प्रमुख बालकृष्ण भण्डारीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्