सिसहनियाँमा १५ सैयाको अस्पताल शिलान्यास – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सिसहनियाँमा १५ सैयाको अस्पताल शिलान्यास

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
सिसहनिया,१५ मंसिर । राप्ती गाउँपालिकाको सिसहनियाँमा सोमवार १५ सैयाको अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरिएको छ ।

सिसहनियाँ स्वास्थ्य चौकी नजिकै सार्वजनिक जग्गामा १५ शैयाको आधारभूत अस्पताल निर्माणका भवनको शिलान्यास गरिएको हो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको स्वागत मन्तब्य तथा बैदिक मन्त्रोच्चारण कासाथ संघीय सांसद गंगा चौधरीले स्वास्थ्य चौकीको शिलान्यास गरेकी थिइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५, १० र १५ शैया सम्मको अस्पताल नभएका स्थानीय तहहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार अस्पताल भवनको शिलान्यास गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिएका छन् ।

भवनका लागि आवश्यक पर्ने जग्गाको रुपमा हाललाई स्थानिय नागरिकको सहयोग तथा सरोकारवालाहरुको सहयोगमा करिव १३ कट्ठा सार्वजनिक जग्गा उपलब्ध गराइएको र थप जग्गाको लागि समेत पहल गरिने वडा नं ५ का अध्यक्ष गोवर्धन रावतले बताए ।

१५ शैयाको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । भवन निर्माणका लागि स्थानिय पालिकालाई आंशिक बजेट पठाईसकेकाले तत्काल भवनको लागल ईष्टिमेट, डिपीआर तथा सोयल टेस्टको काम अघि बढाईने गाउँपालिकाका ईन्जिनियर अशोक बेल्वासेले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्