छलफल र बहसले पार्टीलाई नै फाइदा पुग्छ : मन्त्री पुन – Kanika Khabar
Friday, April 19Nepali News Portal

छलफल र बहसले पार्टीलाई नै फाइदा पुग्छ : मन्त्री पुन

    मा प्रकाशित

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपाभित्र अहिले सिर्जना भएको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि छलफल र बहस हुँदा त्यसले पार्टीलाई नै फाइदा पुग्ने बताएका छन् ।

रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३ र ११ केभीको सबस्टेसनको उद्घाटन गर्दै मन्त्री पुनले भने, ‘‘पार्टी फुट्ने र सरकार विघटन हुनेमा चिन्ता गर्नु पर्दैन । पार्टीलाई थप बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने हुन्छ ।’’

उनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेकोसमेत बताए । ऊर्जामन्त्री पुनले भने, “दोस्रो पुस्ता सरकार र पार्टीको नेतृत्व लिन तयार छ ।”

वर्तमान सरकार उज्यालो नेपाल बनाउने अभियानमा लागेको बताउँदै उनले सो सबस्टेसन सञ्चालनमा आएपछि रोल्पा र प्यूठानका केही स्थानमा बिजुली गइरहने समस्याको समाधान हुनेछ भने । मन्त्री पुन रोल्पामा हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुने बताइएको छ । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्