भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३७ हजार बढी – Kanika Khabar
Friday, March 13Nepali News Portal

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३७ हजार बढी

    मा प्रकाशित

एजेन्सी ।
भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ६५९ पुगेको छ । यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९४ लाख नाघेको छ ।

डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार १७९ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख ६३ हजार २५९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ८८ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्