कोरोनाभाइरसको उत्पत्ति स्थल थाहा पाउन निकै नै आवश्यक : डब्लुएचओ – Kanika Khabar
Sunday, July 26Nepali News Portal

कोरोनाभाइरसको उत्पत्ति स्थल थाहा पाउन निकै नै आवश्यक : डब्लुएचओ

    मा प्रकाशित

एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको उत्पत्ति स्थल थाहा पाउन निकै नै आवश्यक भएको बताएको छ ।

डब्ल्यूएचओका टेड्रोस एडेनहोम गेब्रियाससका प्रमुखले कोरोनाभाइरस कहाँबाट आयो, त्यसबारे थाहा पाउन अत्यावश्यक भएको र यसबारे संगठनको धारणा स्पष्ट रहेको बताएका छन् । आफ्नो संगठनले यसबारे पत्ता लगाउने र यसो गर्नाले भविष्यमा यस्ता खालका समस्या रोक्न आफूलाई मद्दत पुग्ने बताएको छ ।

उनले भने, ‘यसको स्रोत जान्नका लागि हरेक तरिकाले कोसिस गरिरहेका छौं । यसका लागि चीनको ऊहानबाट अनुसन्धान सुरु गरिनेछ । यसबाहेक कुनै निष्कर्षमा पुग्नका लागि विकल्प मार्ग पनि छन् कि भनेर अनुसन्धान गरिनेछ ।’

चीनले भन्यो, ‘कोरोनाको महामारी ऊहानबाट फैलिएको होइन’

यता चिनियाँ मिडियाले भने कोरोनाको महामारी चीनको ऊहानबाट नफैलिएको दाबी गरिरहेका छन् । त्यहाँका मिडियाका अनुसार उनको देशमा कोरोनाभाइरस फ्रोजन खानेकुरामार्फत् कुनै देशबाट भित्रिएको हो ।

पिपल्स डेलीसमेत थुप्रै चिनियाँ पत्रिकाका अनुसार कोरोनाभाइरस ऊहानबाट सुरु भएको होइन । थुप्रै प्रमाणले यही कुरातर्फ इशारा गर्छ । चीनका एक महामारी विज्ञ झेंग गुआंगले ‘ऊहानमा भाइरसबारे पत्ता लागेको तर त्यहाँ नजन्मिएको’ बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्