एजेन्सी ।
बलायत सरकार लकडाउन हटाउने तयारीमा रहेको छ । कोरोना भाइरसको संक्रमण फैलदै गएपछि बेलायतले दोस्रो पटक गरेको लकडाउन हटाउने तयारी गरेको हो
बेलायतले क्रिसमसको अवसरमा लकडाउन खुकुलो बनाउन लागेको हो । बेलायत सरकारले डिसेम्बर २ मा लकडाउन हटाउने भएको हो ।
यद्यपि अझै पनि जोखिम र सङ्क्रमण वृद्धि भइरहेका स्थानमा भने अरू प्रतिबन्धहरू कायम नै हुनेछन् ।
लकडाउन हटाउने योजनासहित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत साता ‘कोभिड विन्टर प्लान’ घोषणा गरेका थिए ।
यसअघि मार्च अन्तिम हप्तादेखि त्यहाँ पहिलो पटक करिव तीन महिना लकडाउन गरिएको थियो ।