मंसिर १६, नुवाकोट ।
नुवाकोटको घ्याङफेदीमा विद्युत सर्ट हुँदा आगजनी भएको छ ।दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदी मालुङमा आगलागी हुँदा एउटा घर पूर्ण रुपले क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
आगजनीबाट स्थानीयश्रीपेन तामाङको घर पूर्ण रुपले जलेर नष्ट भएको हो । घर जलेर नष्ट भएपछि पीडित परिवारलाई राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।ढकालका अनुसार तामाङको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीका कारण तामाङ परिवारको ७लाख रुपैयाँ बराबरको धनसम्पत्तिमा क्षती पुगेको छ ।