मा प्रकाशित
कनिका खबर
मंसिर १६, काठमाडाैँ ।
काैडा खेलिरहेकाे अवस्थामा २ जना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका-६ चोभारस्थित सुरेन्द्र केसीको टहरामा कौडा खेलिरहेको अवस्थामा सुरेन्द्र लगायत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हाे ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार २ सय ५० रुपैयाँ १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।