बिपीसँगै जागरण गीत गाउने योद्धाको निधन – Kanika Khabar
Friday, April 26Nepali News Portal

बिपीसँगै जागरण गीत गाउने योद्धाको निधन

    मा प्रकाशित

चितवन । विसं २०१५ मा नेपाली काँग्रेसका नेता बिपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुट्नुभएका योद्धाको आज निधन भएको छ । रत्ननगर नगरपालिका–१, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षका उमेरमा निधन भएको हो ।

काँग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाका अनुसार पौडेलले २०१५ सालको निर्वाचनमा बिपीसँगै गीत गाउनुभएको थियो । उनले भने, “इन्क्लाब दाजुभाइ जिन्दावाद भनन, तिमी पनि दाजुभाइ काँग्रेसै बनन’ भन्ने गीत गाउँदै चर्चामा आउनुभएको थियो ।”

विसं १९८५ वैशाख ३० गते बाग्लुङको बिनामारेमा जन्मिएका पौडेलले भारतको वनारसबाट शास्त्री अध्ययन गरेका थिए । उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी १० महिना कारागार जीवन बिताएका थिए । विसं २०३६ को जनमतसङ्ग्रहमा रत्ननगरका पार्टी उपाध्यक्ष, २०४६ सालको आन्दोलनमा कांग्रेस र संयुक्त जनमोर्चाका रत्ननगर संयोजक र २०४४ देखि २०५६ सालसम्म कांग्रेस रत्ननगरका सभापति हुनुभएको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।

आफ्ना पिताको चुनावमा समेत खटिएका पौडेलको पार्थिव शरीरमा बिपी पुत्र एवं काग्रेसका महामन्त्री डा।शशाङ्क कोइरालाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । पौडेलका हाल तीन छोरा र दुई छोरी रहेका छन् । महामन्त्री कोइरालाले आजै रत्ननगरमा दिवङ्गत भएका काँग्रेस नेता कृष्णप्रसाद पौडेलको पार्थिव शरीरमा घरमै पुगेर पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

विसं १९९३ फागुन १० गते बाग्लुङको अमलाचौरमा जन्मिएका पौडेलले २००७ देखि २०१७ सालसम्म पटकपटक कारागार जीवन बिताएका थिए । विसं २०४६ को जनआन्दोलनमा उनको टाउकामा गोली लागेको काँग्रेस चितवनले जनाएको छ । उनका दुई छोरा र चार छोरी रहेका छन् । दुवैको आजै देवघाटमा अन्त्येष्टि गरिएको छ । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्