भविष्यको विकासको लागि नेपालले भारत र चीन दुवै देशसँग फाईदा लिनुपर्छ : काँग्रेस नेता महत – Kanika Khabar
Friday, March 29Nepali News Portal

भविष्यको विकासको लागि नेपालले भारत र चीन दुवै देशसँग फाईदा लिनुपर्छ : काँग्रेस नेता महत

    मा प्रकाशित

कनिका खबर
मंसिर १६, काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभएको छ । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उहाँको भनाई छ । आज काठमाडौंमा भएको कार्यक्रममा नेता महतले भारतसँग नेपालको त्रेतायुग र द्धापरयुग देखिको सम्बन्ध भएको र चीनसँगपनि सातौं शताब्दीदेखि सम्बन्ध भएको स्मरण गर्दै दुवै देशसँग बराबरी सम्बन्ध हुनुपर्ने बताउनुभयो । नेपालको कुल व्यापारको ६९ प्रतिशत आयात भारतबाट हुन्छ भने चीनबाट १५ प्रतिशत हुने पनि उहाँले बताउनुभयो । व्यापारको हिसाबले पनि भारत र चीनसँग अत्यन्तै नजिकको सम्बन्ध रहेको भन्दै उहाँले भविष्यको विकासको लागि दुई देशबीच दुवै देशसँग फाईदा लिनुपर्ने आवश्यकता औल्याउनुभयो । लगानीको स्रोतको रुपमा, पर्यटनको स्रोतको रुपमा र हाम्रो मार्केट सोर्सको रुपमा पनि भारत र चीन नै महत्वपूर्ण हुने उहाँले बताउनुभयो । चीनको विरोध, भारतको समर्थन, चीनको समर्थन र भारतको विरोध भन्ने कुरा सुनिएपनि नेपालले आफ्नो राष्ट्रिय हितको लागि दुवै देशसँग समुधुर सम्बन्ध राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्