त्रिविमा अब नियमित पठनपाठन हुने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

त्रिविमा अब नियमित पठनपाठन हुने

    मा प्रकाशित

कनिका खबर
मंसिर १६, काठमाडौं
त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा अब नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले कोरोना भाइरसका कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको त्रिविले जनाएको छ । स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय भएको त्रिविले सूचना प्रकाशित गरि जानकारी दिएको हो । त्रिविले पूर्वतयारी र सतर्कता अपनाउँदै परीक्षाहरू पनि भौतिक रुपमै सञ्चालन गर्ने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्