कनिका खबर
मंसिर १७, नुवाकोट
सर्वसाधारणको सुविधाका लागि नुवाकोटका गाउँमा रहेका स्वास्थ्यचौकीहरुमा प्रयोगशाला सञ्चालन गरिएको छ । यसबाट गाउँवासीलाई सुविधा पुगेको छ । तीन दशक पुरानो विदुर नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार ५ वटा स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सञ्चालन गरेको हो । विदुर नपा–३ को खड्गभञ्याङ स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याइएकोे छ । यसका साथै कल्याणपुर स्वास्थ्य चौकी, गेर्खु स्वास्थ्य चौकी, चारघरे स्वास्थ्य चौकी, र विदुर २ मा रहेको स्वास्थ्य चौकीबाट पनि प्रयोगशाला सञ्चालनमा ल्याइएको विदुर नगरपालिकाले जनाएको छ ।
मा प्रकाशित