कतार ओलम्पिक कमिटीका महासचिव आज नेपाल आउँदै – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

कतार ओलम्पिक कमिटीका महासचिव आज नेपाल आउँदै

    मा प्रकाशित

कनिका खबर
मंसिर १७, दाङ
कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जेए अल्बुनइन नेपाल आउनुहुने भएको छ । नेपाल ओलम्पिक कमिटीका अनुसार महासचिव जसिम आज नेपाल आइपुग्नुहुनेछ । महासचिव जसिमसँगै कतारी ओलम्पिक कमिटीको प्रतिनिधि मण्डल पनि हुनेछ । कतारी प्रतिनिधि मण्डल एक दिने भ्रमणमा नेपाल आउन लागेको हो । भ्रमणको दौरान कतारी प्रतिनिधि मण्डलले नेपाली ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट गर्ने छ । यस्तै प्रतिनिधि मण्डलले ललितपुरस्थिति सातदोबाटोमा रहेको नेपाल ओलम्पिक कमिटीको कार्यालयको पनि भ्रमण गर्नेछ । कतारको राजधानी दोहाले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दावेदारी पेस गर्दैछ । यसमा नेपालको सहयोग र समर्थनका लागि औपचारिक अनुरोध गर्न कतारी प्रतिनिधि मण्डल आज नेपाल आउन लागेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्