च्याम्पियन्स लिग फुटबल वायर्न बराबरीमा – Kanika Khabar
Monday, July 27Nepali News Portal

च्याम्पियन्स लिग फुटबल वायर्न बराबरीमा

    मा प्रकाशित

कनिका खबर
मंसिर १७, दाङ
साविक विजेता टोली वायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पाँचै खेलमा बराबरी खेलेको छ । गएराति भएको खेलमा जर्मन क्लब वायर्नले एट्लेटिको मड्रिडसँग १–१ गोलको बराबरी खेलेको हो । एट्लेटिकोको घरेलु मैदानमा थोमस मुलरले एक गोल फर्काउनुभयो । जाओ फेलिक्सले एक गोल गर्नुभयो । खेलको २६ औं मिनेटमा फेलिक्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभएको थियो । ८६ औं मिनेटमा मुलरले गोल गर्दै टिमलाई हारबाट जोगाउनुभयो । बराबरीसँगै वायर्नले पाँच खेलबाट १३ अंक जोडेको छ । वायर्न यसअघि नै अघिल्लो चरणमा प्रवेश गरि सकेको छ । यता एट्लेटिकोले ६ अंक जोडेको छ । एट्लेटिको तालिकाको दोस्रो स्थानमा छ । गएराति नै भएको खेलमा लोकोमोटिभ मस्को माथि आरबी शाल्जवर्गले जित निकालेको छ । घरेलु टोली मस्कोमाथि शाल्जवर्गले ३–१ गोलको जित निकालेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्