नेकपाको स्थायी कमिटिको बैठक स¥यो, सचिवालय बैठक पनि २० गते सम्मका लागि स्थगित – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

नेकपाको स्थायी कमिटिको बैठक स¥यो, सचिवालय बैठक पनि २० गते सम्मका लागि स्थगित

    मा प्रकाशित

मंसिर १७, काठमाडौँ ।
नेकपा सचिवालयको आजको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा अनुपस्थित भए । आज बसेको बैठक मंसिर २० गते फेरि बस्ने गरी सकिएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सचिवालयको बैठक मंसिर २० गते दिउँसो १ बजे फेरि बस्नेछ । भोलिका लागि बोलाइएको स्थायी कमिटिको बैठक समेत मंसिर २१ गतेका लागि सार्ने निर्णय समेत भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्