कोरोना अपडेट : पछिल्लो २४ थप १४९० मा कोरोना पुष्टि – Kanika Khabar
Saturday, September 25Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ थप १४९० मा कोरोना पुष्टि

    मा प्रकाशित

मंसिर १७, दाङ ।
बितेको २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ८ हजार ३ सय नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकाका ७ सय २३ जना सङ्क्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६ सय ३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जना छन् । यससँगै कुल सङ्क्रमितको सङ्ख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।

उनीहरुमध्ये २ लाख १८ हजार १ सय ६१ जना सङ्क्रमणमुक्त भएका छन् भने १ हजार ५ सय३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभर १६ हजार ५ सय ४७ सक्रिय सङ्क्रमित छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्