नीति तथा कार्यक्रम संसाेधनकाे माग – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

नीति तथा कार्यक्रम संसाेधनकाे माग

    मा प्रकाशित

कनिका डेस्क
जेठ ४, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले सरकारले ल्याएकाे नीति तथा कार्यक्रम संशोधनकाे माग गरेकाे छ । अाजकाे राष्ट्रिय सभाकाे बैठकमा प्रमुख प्रतिपक्षी काङ्ग्रेसले सरकारले जेठ २ गते ल्याएकाे नीति तथा कार्यक्रम संशाेधनकाे माग राखेकाे हाे ।
नेपाली काङ्ग्रेसका राष्ट्रिय सभाका संसद अनिता देवकाेटा, रमेशजङ रायमाझी, जितेन्द्र नारायण देव, प्रकाश पन्थ संशाेधनकर्ता रहेकाे संशोधन पत्र अाज पेस गरिएकाे हाे ।
संशोधनकर्ता तथा सचेतक अनिता देवकाेटाले कनिका खबरसँग कुरा गर्दै नीति तथा कार्यक्रमले जनताले अपेक्षा गरेअनुसारको नीति तथा कार्यक्रम ल्याउन सरकारले नसकेकाले संशोधनकाे प्रस्ताव ल्याएकाे बताइन् । उनले थपिन्, “ सरकारले ल्याएकाे नीति तथा कार्यक्रमले अहिलेकाे काेभिड १९ काे महामारीकाे, सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने, लिपु लेककाे सीमा विवाद लगायतका समस्यालाई उचित रूपमा संशोधन गर्न नसकेका कारण संशोधनकाे प्रस्ताव ल्याउन परेकाे हाे । ´´

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्