मंसिर १७, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगन थापाले वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी सरकारलाई महंगो पर्ने चेतावनी दिएका छन्। वरिष्ठ नेता पौडेलमाथिको दुर्व्यवहार गरेर सरकारले भुल गरेको बताएका छन् ।
पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया भन्दा पनि नियोजित, राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको उल्लेख गर्दै थापाले घटनाले सरकारको चरित्रलाई उदाङ्गो बनाएको बताएका छन्।
पौडेल रिहा भइसकेका छन्।
नेता थापाले सामाजिक सजाल ट्विटमा यस्तो लेखेका छन् :
नेका वरिष्ठ नेता @NcPaudel को गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन।यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो।यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। @PM_Nepal यो तपाईँका लागि निकै महँगो पर्नेछ।