सल्यानमा बस दुर्घटना हुँदा २५ जना घाइते – Kanika Khabar
Friday, March 13Nepali News Portal

सल्यानमा बस दुर्घटना हुँदा २५ जना घाइते

    मा प्रकाशित

कनिका खबर
मंसिर १७, सल्यान ।
सल्यानमा आज बुत्रबार बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

जिल्लाको कुमाख गाउँपालिका–२ खारखोलामा बुधबार अपराह्न बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। नेपालगञ्जदेखि रुकुमपश्चिमको चौरजहारी जाँदै गरेको ना ४ ख ६७१५ नम्बरको बस सडकदेखि करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

 

बसमा सवार २५ जना घाइतेमध्ये गम्भीर घाइते भएका ६ जनालाई नेपालगञ्ज, ४ जनालाई चौरजहारी अस्पतालमा पठाइएको र बाँकी १९ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्