पत्रकार रजौरेलाई पति शोक – Kanika Khabar
Thursday, April 18Nepali News Portal

पत्रकार रजौरेलाई पति शोक

    मा प्रकाशित

मंसिर १७, दाङ ।
राष्ट्रिय समाचार समिति दाङकी प्रमुख नारायणी रजौरेलाई पति शोक परेको छ । रजौरेका श्रीमान ५१ बर्षीय हरिप्रसाद अधिकारको उपचारको क्रममा मंगलबार बेलुका असमायिक निधन भएको छ ।

उपचारका लागि बाँके लगेर घर तर्फ ल्याउने क्रममा अधिकारीको निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । गत जेठ महिनादेखि अधिकारीलाई एकाएक बोनम्यारोको समस्या बल्झिएपछि उपचार गराई रहेका थिए । उपचारका लागि उनलाई नेपाल तथा भारतका विभिन्न अस्सपालहरु लगिएको थियो । पछिल्लो समय उनलाई मृगौलामा समेत समस्या उत्पन्न भएको थियो ।

अधिकारीको अन्तिम संस्कार बुधवार विहान ११ बजेतिर बबई नदीस्थित सितलपुर घाटमा हुने पारिवारीक स्रोतले जानकारी दिएको छ । दूई दिन अगाडि मात्रै नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेल, नेपाल प्रेस यूनियन दाङका अध्यक्ष सञ्तोष सुवेदी, उपाध्यक्ष नारायण खड्का, लगाएका पत्रकारहरु घरमै गएर अधिकारीको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्