धान उत्पादन उत्साहजनक – Kanika Khabar
Saturday, April 20Nepali News Portal

धान उत्पादन उत्साहजनक

    मा प्रकाशित

विराटनगर । प्रदेश नं १ मा यस वर्ष धानको उत्पादनमा वृद्धि भएकाले किसान उत्साहित भएका छन् । समग्रमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

प्रदेशमा कूल धान लगाउने क्षेत्रफल तीन लाख ४० हजार ८२९ हेक्टर हो भने यस वर्ष अनुकूल मौसम, सिँचाइको राम्रो प्रबन्धले गर्दा विगत केही वर्षको तुलनामा यस वर्ष किसानले तीन लाख ३२ हजार ९१७ हेक्टर जग्गामा धान लगाएका थिए ।

निर्देशनालयका अनुसार यस वर्ष ९७ दशमलव ६८ प्रतिशत रोपाइँ भएको थियो भने १३ लाख ११ हजार २४५ मेट्रिकटन धान उत्पादन हुने निर्देशनालयका प्रवक्ता सरसस्वती श्रेष्ठले जानकारी दिए । धानको उत्पादन हेरेर किसान उत्साहित छन् भने उचित मूल्य निर्धारण नभएका कारण किसानमा निराशा पनि देखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

चौध जिल्ला रहेको यस प्रदेशमा उच्च पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु गरी २४ हजार ११३ हेक्टर जग्गामा २३ हजार ६७७ हेक्टर जग्गामा रोपाइँ भई कूल ६० हजार ७१४ मेट्रिकटन धान उत्पादन भएको छ ।

मध्य पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जग्गामा ८८ हजार ७९० हेक्टर जग्गामा रोपाइँ भई कूल दुई लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।

साथै तराईका झापा, सुनसरी, मोरङ गरी दुई लाख २५ हजार ८०० हेक्टर जग्गामा दुई लाख २० हजार ४५१ हेक्टर जग्गामा धान रोपाइँ भई कुल नौ लाख ९५ हजार ३७७ मेट्रिकटन धान उत्पादन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कूल १२ लाख ६१ हजार ६६५ र आर्थिक वर्ष २०७६÷७७ मा ११ लाख ९८ हजार ७४० मेट्रिकटन धान फलेको यो प्रदेशमा यो वर्ष सबैभन्दा बढी १३ लाख ११ हजार २४५ मेट्रिकटन धान उत्पादन हुनु कृषि क्षेत्रमा राम्रो सूचकका रुपमा लिन सकिन्छ ।

यस वर्ष मनसुन प्रभाव राम्रो रहेका कारण धान उत्पादन राम्रो रह्यो तर आगामी वर्षमा मनसुनको अनुकूलता नभएमा रोपाइँ कम हुने भएको यसतर्फ सरकारले सिँचाइमा विशेष ध्यान दिनुपर्छ ।

सुनसरी मोरङ सिँचाइ योजनाले सुनसरी र मोरङको ४० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याएको छ जबकी सुनसरी र मोरङमा क्रमशः ५५ हजार र मोरङमा ५३ हजार ९०० हेक्टर जग्गाा खेतीयोग्य छ ।

सिँचाइको प्रबन्धको हिसाब हेर्ने हो भने यी दुवै जिल्लाको एक लाख आठ हजार ९०० हेक्टर जग्गामध्ये ४० हजार हेक्टरमा मात्र सिँचाइ सुविधा हुनु र बाँकी जग्गा वर्षा एवं कुलो पैनीमा मात्र निर्भर रहने कारणले कृषि क्षेत्रको विकास हुन नसक्ने सुनसरी औराबनीका कृषक रामप्रसाद यादवले बताए ।

उनले सबै खेतीयोग्य जग्गामा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउन सिँचाइको विस्तार गर्नुको विकल्प नरहेको धारणा राखे। झापाको आठ हजार हेक्टर जग्गामा कन्काइ सिँचाइ योजना र बाहुनडाँगी क्षेत्रमा एक हजार ७०० हेक्टर जग्गामा सिँचाइ पु¥याउन बनाइएको सिद्धी सिँचाइले झापाको ८७ हजार ५०० हेक्टर जग्गालाई समेट्न सक्दैन । यसका लागि सरकारले झापाकै सबै खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पु¥याउन विलम गर्न नहुने झापा भद्रपुर निवासी प्राध्यापक चिन्तामणि दाहालले जानकारी दिए । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्