आज २९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस – Kanika Khabar
Sunday, July 19Nepali News Portal

आज २९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

    मा प्रकाशित

मंसिर १८, काठमाडौँ ।
अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ । ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागिहामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यो दिवसमनाइँदै छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घद्वारा हिजो आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार र आवश्यकताको सवालमा साताव्यापी कार्यक्रमसहित दिवस मनाइने जानकारी गराइएको छ । हप्ताभरी अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न सवभालमा छलफल, बहस तथा अन्तरक्रिया कार्यक्रम हुने मन्त्रालयले जनाएको छ ।
सरकारी निकायसँगै अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूले पनि फरक फरक विषयमा काम गर्दैछन् । राष्ट्रिय अपाङ्ग महासङ्घका महासचिव राजु बस्नेतले अपाङ्गताको विषयलाई सम्बोधन गर्न यकिन तथ्याङ्क आउने गरी राष्ट्रिय जनगणना २०७८ मा हुने जनगणनालाई समावेशी बनाई अपाङ्गता भएका व्यक्तिको समेत वास्तविक गणना गर्न आग्रह गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्