दाङमा राजतन्त्रको पक्षमा बृहत प्रदर्शन – Kanika Khabar
Friday, April 19Nepali News Portal

दाङमा राजतन्त्रको पक्षमा बृहत प्रदर्शन

    मा प्रकाशित

कनिका खबर 
मंसिर १८, दाङ ।
दाङको घोराहीमा पनि राजतन्त्रका पक्षमा प्रदर्शन भएकाे छ । घोराहीस्थित ट्राफिक चोकवाट मध्यान्न तिर मोटरसाईकल र कारसहितको र्याली सुरु भएको हो । झन्डै ३ सय जति मोटरसाईकल र कारसहितको र्यालीले बजारका विभिन्न भागको परिकर्मा गरेको थियो ।
र्यालीका सहभागिहरुले ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, गणतन्त्र धोका हो, हिन्दु राज्य सहितको राजतन्त्र चाहिन्छ,’ भन्ने जस्ता नाराहरु लगाएका थिए । त्यो र्यालीका बीचमा ‘गणतन्त्र मुर्दाबाद’ भन्ने नाराबाजी पनि भएको थियो । र्यालीका सहभागिहरुले राष्ट्रिय झण्डा बोकेका थिए ।
‘देशभक्त नागरिक’को नामवाट भएको ¥याली पछि घोराहीको तुलसीपुर चोकमा आएर कोण सभा गरेका थिए । कोणसभालाई सम्वोधन गर्नेहरुले ‘राजा विनाको देश रानी विनाको माहुरी समान’ बन्न पुगेको तर्क गरेका थिए ।

बक्ताहरुले यतिबेला मुलुक अभिभावक विहिन अवस्थाले देश बर्बाद भएको बताएका थिए । कार्यक्रमलाई भोलानाथ योगी, कुलबहादुर घर्ती, उमाकान्त भण्डारी, भानु केसी लगायतले सम्वोधन गरेका थिए ।
प्रदर्शन सुरु हुनु भन्दा अगाडिदेखि नै घोराहीका चोक चोकमा प्रहरीको बाक्लै तैनाथी थियो । गृह प्रशासनले नै राजतन्त्रका पक्षमा हुने पर्दशन र र्यालीमा सहभागि नहुन आह्वान गर्दै आएको छ । तैपनि देशका विभिन्न सहरहरुमा जस्तै गरि बुधवार घोराहीमा पनि पर्दशन भएको हो ।
घोराहीमा भएको पर्दशनमा प्रमुख दलका नाममा यसअघि चिरपरिचित अनुहारपनि सामेल भएका देखिन्थे । मुख्य गरि व्यापारिक क्षेत्रमा रहेका र प्रमुख दलहरु सत्तासिन नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेसमा आवद्ध व्यापारीहरुको बाक्लै उपस्थिती र्यालीमा थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्