काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा पुल उद्घाटन – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा पुल उद्घाटन

    मा प्रकाशित

कनिका खबर
मंसिर १८, तनहुँ
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सयौं कार्यकर्ताको उपस्थितिमा तनहुँको व्यासमा निर्माण गरिएको पुल उद्घाटन गर्नुभएको छ । उहाँले व्यास नगरपालिकाको १ नम्बर र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा उस्थित सैयौं काँग्रेस कार्यकर्ताले नेकपाविरूद्ध नाराबाजी गरेका थिए । हिजो कार्यकर्तासहित पुल उद्घाटन गर्न पुग्नुभएका पौडेललाई निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । यसैबीच नेपाली काँग्रेस सम्बद्ध नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेको छ । संघले आज विज्ञप्ति जारी गर्दै हिजो तनहुँमा पुल उद्घाटन गर्न जानुभएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बदनियत पूर्ण रुपमा दुव्र्यवहार गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्